काठमाडौं, भदौ ४ । अगस्ट २८ देखि मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताको अभ्यास खेलका लागि नेपाली टिम आज श्रीलंका प्रस्थान गर्दैछ । मलेसियामा नेपालले तीन क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
अभ्यास खेलमा नेपाली टिमले श्रीलंकाको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग खेल्नेछ । अभ्यास खेलका लागि श्रीलंका जान लागेको नेपाली टिमलाई आज सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन ।
नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख जाने भएका हुन् ।
यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा रहेका छन् भने बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् ।
अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा त्यतैबाट मलेसिया प्रस्थान गर्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङ्कङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ ।