एनआरएनए क्यानडाको ११औं बार्षिक अधिबेशन ओन्टारियोको थन्डरवेमा सम्पन्न ।

नारायण घिमिरे, टोरोण्टो ।

क्यानडाकि श्रम तथा जनशक्ति मन्त्री अनरेबल पेट्रीसिया ए. हेजडू ले नेपालमा क्यानेडियन दूतावास खोल्नका लागि आफूले पहल गर्ने बताएकि छिन् । उक्त कुरा उनले गैर आवासिय नेपाली संघ, क्यानडाको थन्डरवेमा शनिवार सम्पन्न एघारौ बार्षिक अधिवेशनको उद्घाटन कार्यक्रमको क्रममा बताएकि हुन् ।

क्यानडामा रहेका नेपालीहरु मेहनति र ईमान्दार रहेको पशंसा गर्दै मन्त्री हेजडूले बहुसांकृतिक देश क्यानडामा नेपालीहरुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै खुसी ब्यक्त गरेकि छिन् । केहि बर्ष अघि नेपालमा गएको बिनासकारी भूकम्पमा क्यानडा सरकारले गरेको सहयोग पर्याप्त नभएको भए पनि भावनात्मक सम्बन्ध रहेको बताईन् ।

नेपालको नयाँ सविधानको बारेमा पूर्ण जानकार रहेको बताउदै, नेपालको संबिधानले संसदमा महिलाहरुको उपस्थितिको सुनिस्चित गर्न महिला कोटानै निर्धारण गरिनुले आफू खुसी मात्र हैन क्यानडा सरकारले त्यसबाट केहि सिक्नु पर्छ भनि नेपालको संबिधानको खुलेर प्रसंसा गरेकि छिन् ।

कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदुत काली प्रसाद पोख्रेलले क्यानाडामा नेपाली कमुनिटीको गतिबिधि, तेसबाट दुवै देशले लिनसक्ने फाईदा र नेपाल क्यानाडा सम्बन्धको पछिल्लो समयका नया शिरामा बिकसित दर्जनौ प्रगतिहरुको पूर्ण बिबरण प्रस्तुत गरेका थिए ।

अधिबेशनको क्रममाः कंसुलर जनरल डा. कुन्जरमणि शर्माले एनआरएनए क्यानडाको वेभसाइडको शुभारम्भ गरेका थिए । कार्यक्रममा थन्डरवेमा रहेका नेपाली समूदायले नेपाली संकृतिका नृत्य पनि प्रस्तुत गरेका थिए ।

एनआरएन भोलेन्टियर प्रकृतिको  प्रजातान्त्रिक सस्थामा अधिवेशन सर्बोच्च निकाय हुन्छ । तेस्का कार्यकारीको आफ्नो जिम्बेबारी र दहित्वो प्रति आफु उत्तरदाहि बनेको प्रमाण सस्थामा भए गरेका गतिबिधिमा आफ्ना सहमति होस् वा असहमति होश उपस्थित रहेर आफ्ना भनाइहरु राखेर दिने गरिन्छ । तर दुर्भाग्य बस चुनाबताका आफुले चुनाब जिते संसारै परिवर्तन गर्ने बाचा गरि चुनाब जितेका एनआरएन क्यानाडाका कार्य समितीमै रहेका धेरै  पदाधिकारीहरुले यस एजिएममा भाग नलिनुले आफ्नो जिम्मेवारी प्रति अनुत्तरदायी रहेको देखिन्छ ।कार्यक्रममा डीआरसी नबिन शेरचन र आरसी गौरी जोशीको सहभागिता रहेको थियो ।

उत्तरी ओन्टारियोको सुन्दर शहर थन्डरवेमा भएको ११ औ बार्षिक अधिवेशनले विभिन्न महत्वपूर्ण प्रस्तावहरु पास गर्दै सम्पन्न गरेको छ । एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्वमा भएको कार्यक्रमको संयोजन एनआरएनए क्यानडा बाट डा. लक्ष्मि पाठकले गरेका थिए ।