काठमाडौं,भदौ ५ । सरकारले लगाएको कर जनताले धान्न नसक्ने भएकाे सांसद विनोद चौधरीले जानकारी गराएका छन् । मजदुरबाट उठाइएको २२ अर्ब रकमको बारेमा सदनलाई जानकारी गराउन चौधरीले आग्रह समेत गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् चौधरीले सरकारले लगाएको करले सदन तातिएको स्मरण गराउँदै भने, कर जनताले धान्ने हुनुपर्ने, एकै प्रकृतिको गतिविधिमा अलगअलग तरिकाले नमिल्ने हो । चौधरीले भने, विगतमा लगाइएका करहरूको बारेमा म सदन समक्ष जानकारी गराउन चाहन्छु ।
२०६६ सालमा खडा गरिएको सामाजिक सुरक्षा कोषमा प्रत्येक सरकारी र नीजिका मजदुर सबैको रगत पसिना परेको छ । अहिलेसम्म यो कोषमा २२ अर्व थुप्रिएर बसेको छ । सैद्धान्तिक रुपमा भन्ने हो भने यसरी काम गर्ने मान्छेहरुको तलब कट्टा गरिएको पैसा उनीहरूको सुविधाको लागि खर्च गुर्नपर्ने भएता पनि सरकारले के गर्दै छ भन्नेमा सदननै जानकारक छैन उनले भने, उनीहरुको आवासदेखि लिएर शिक्षासम्म ।
अहिलेसम्म २२ अर्ब जम्मा भएको रकम सदनलाई जानकारी हुनुपर्छ । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि उठाइएको २३ अर्ब रुपैयाँले आयोजनाको काम यसअघि नै शुरू गर्न सकिन्थ्यो तर अहिले सम्म कुनै कुराको जानकारी नदिनुलाई के भन्ने उनले प्रश्न गरे ।