काठमाडौँ, भदौ ८ । आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गरिएको छ । सो विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत गरेका हुन् ।
यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले ‘भुक्तानी तथा फट्र्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही १० गते आइतबार बस्दैछ ।
0
Shares