एल्बम जुनी सार्वजनिक

नेपाली गीत संगीत क्षेत्रमा गीतकार निर प्रसाद गुरुङ्गले नेपाली सांगीतिक क्षेत्रमा केहि नयाँ गर्ने प्रयास गरेका छन् । यहि स्वरूप उनले आफ्नै शब्द र संगीतमा जुनी नामक एल्बम रिलिज गरेका हुन् । सम्भवत पहिलो पटक नेपाली सांगीतिक क्षेत्रको इतिहासमा “गीत एक, संगीत अनेक” को रुपमा तैयार पारिएको यो एउटा एस्तो एल्बम हो जसमा गीत एक छ शब्द पनि एक छ तर संगीत भने अनेक छन् । यो नौलो प्रयोग पनि मानिएको छ ।

निर प्रसाद गुरुङ्गको यो प्रयासले केहि नयाँ बाटो समेत खोलेको छ र उनि सांगीतिक क्षेत्रमा एक उदहारण पात्रको रुपमा समेत उभिन सफल भएका छन् । उनको “जुनी” एल्बमको गीतहरु केहि महिना अगाडी नै सार्वजनिक भईसकेको हो । उनको यस एल्बममा ४ वटा गीत समावेश रहेका छन् । यसको विशेषता चारवटै गीतको शब्द एउटै रहेको छ भने लय र ताल अलग अलग धारमा दर्शक( श्रोताहरुले सुन्न पाउने छन् ।

यस एल्बमको गीतहरुमा शब्द र संगीत निर प्रसाद गुरुङ्गको रहेको छ । गीत रचना गर्दा शब्दमा गीत, गजल, मुक्तकको स्वभावको साथमा धेरै भन्दा धेरै “अनुप्रास” देखा परेकोले यो प्रस्तुती गर्न आट आएको गुरुङ्ग बताउँछन । यस एल्बम भित्र समावेश सबै गीतको भिडियो निर्माता पनि स्वयम गुरुङ्ग नै रहेका छन् ।

“गीत एक, संगीत अनेक” रुपको यस प्रकारको गीत नेपाली सांगीतिक इतिहासमा मात्र सिमित न रहेर यो विश्वकै इतिहासमा पनि पहिलो रेकर्ड रहने सम्भावना गुरुङ्गको भनाई छ । विश्वमा नेपाली संगीतको यस्तो प्रकारको सृजना चिनाउनको लागि अन्तर्राष्ट्रिय सम्बधित निकायमा “रिसर्च” खोजी गरिरहेको बताउछ । सो एल्बमको ४ वटा गीतको यो पहिलो गित “यो जुनीमा बाँचुन्जेलसम्म, तिम्रै मायाको हात चाहिन्छ” बोलको गीत नेपाली सांगीतिक क्षेत्रका बहु चर्चित गाएक प्रमोद खरेलको अति कर्ण प्रिय स्वरको साथमा सुन्न सकिने मा सुन्न सकिने छ ।

यस गीतको संगीत संयोजन कलकार बि. बी. अनुरागीले गरेका छन । गीतको भिडियोमा मोडेलमा सनम कठायतलाई अन्जु चौलागाईले साथ दिएका छन् । यस्तै भिडियोको छायांकन उत्सव दहाल, सम्पादन निशान घिमिरेको छ भने यस भिडियोको निर्देशन प्रकाश धिताल गरेका छन् । यस एल्बममा समावेश अरु गीतहरु पनि रिलिज भईसकेका छन् ।

युटुबमा खोजी गरेर सुन्न र हेर्न सकिने निर प्रसाद गुरुङ्गको पनि भनाई छ । उनले एकपटक आफ्नो यो फरक प्रयास हेरेर यसको सहि मुल्यांकन गरेर सल्लहा सुझाब र प्रतिक्रिया दिन सबै दर्शक श्रोताहरु संग अनुरोध गरेका छन् । आगामी दिनमा यो भन्दा केहि फरक गरेर देखाउने प्रतिबद्धता उनले जाहेर गरेका छन् ।