बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्न अनुरोध

काठमाडौँ, भदौ १४ । बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुरोध गरेका छन् ।

बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उनले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको भन्दै नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको उल्लेख गरेका छन् ।

विश्वका धेरै लगानीकर्ता यहाँ लगानी गर्न इच्छुक रहेको उनको भनाइ छ । उनले आफुहरुले लगानीकर्ताको सुरक्षा र लगानीलाई सुरक्षा दिने योजना बनाइरहेको जनाएका छन् ।

उक्त भेटमा प्रमुख बेलीले ‘विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएको भन्दै नेपालमा लगानी गर्न बेलायती लगानीकर्ता इच्छुक रहेको जनाए । उनले नेपाल सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको भन्दै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको ।

प्रमुख बेलीले अध्यक्ष दाहाललाई नेपालका अत्यन्त लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनीतिक घटनाक्रमबारे जिज्ञासा राखेको अध्यक्ष दाहालको सचिवालयले बताएको छ ।