काठमाडौं, असार २५ । प्राविधिक समस्या देखिएपछि पशुपतिनाथ परिसरका विद्युतीय शव दाहगृह बन्द भएको छ । मेसिनमा समस्या आए पछि केही दिनदेखि विद्युतीय शव दाहगृह बन्द गरिएको हो । शव जलाउने मेसिममा देखिएको खरावीका कारण शव दाहगृह बन्ध भएको सदस्य सचिव डा. गोविन्द टन्डनले जानकारी दिएका छन् ।
‘कोलकत्ताबाट प्राविधिक पनि ल्याएर राखिए पनि समस्या आएको उनको भनाई छ । कोलकत्ताबाट समान मगाउनु पर्ने भएकाले विद्युतीय शव दाहगृह सञ्चालनमा ल्याउन अझै ८÷१० दिन लाग्छ उनले भने । पशुपतिनाथ क्षेत्रको विद्युतीय शव दाहगृहमा दैनिक १० देखि २० शव जलाउने गरिएको थियो ।
0
Shares