नवलपरासी, भदौ १७ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गरेको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा आयोजना गरिएको एक दिवसीय प्रथम बौद्ध सम्मेलन हिजो सकिएको छ ।
पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा सम्मेलन आयोजना गरिएको थियो । बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका प्रखर वक्ताहरूको विशेष सहभागिता रहेको आयोजक ज्योति बुद्ध विहार गुम्बा समिति त्रिवेणीले बताएको छ ।
यसैगरी गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सत्तापक्षले प्रतिपक्षको भावनासमेत समावेश गरी प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल कृषि श्रमिक संघ पूर्वी नवलपरासीको आयोजनामा कावासोतीमा हिजो भएको नेपाली काँग्रेसको संगठन विस्तारका लागि नीतिगत तथा संगठन गोष्ठीमा उनले यस्तो धारणा राखेका हुन् ।