सभापति देउवाले दिए गौरा पर्वको शुभकामना

काठमाडौँ, भदौ १८ । गौरा पर्वको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुमा नेपाली कांग्रे्रेसका सभापति शेरबहादुर देउवाले सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्तिमार्फत आज विविधताले भरिएको नेपाली समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताए ।

विशेषगरी सुदूरपश्चिममा मनाइने यस्ता पर्व सामाजिक सद्भावना वृद्धि हुने खालका काममा कोशेढुङ्गा सावित भएको भन्दै उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।