तनहुँ, भदौ १९ । व्यक्तिलाई नभइ संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
मंगलबार रिपोटर्स क्लब नेपालद्वारा दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल नभएको प्रस्ट पारे ।
वरिष्ठ नेता पौडेलले भने– म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ ।
लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पुरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गनुपर्ने भन्दै नेता पौडेलले विकासका योजनालाई केन्द्रीकरण होइन संघीयता सृदृढ बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
मुलुकी संहिता २०७४ कुनै पार्टी विशेषले नभइ सबै पार्टीले बनाएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ उनले प्रेस स्वतन्त्रता र स्वास्थ्य क्षेत्रमा देखिएका असन्तुष्टिलाई मनन् गर्दै संशोधन गरी सुधार गरिनुपर्ने विचार व्यक्त गरे ।