सुदुर पश्चिमान्चल समाज अस्ट्रेलियाले यही आउँंदो १५ सेप्टेम्बरको दिन सुदुरपश्चिमको परम्परागत चाड गौरा पर्व भब्य रुपमा सिडनीमा मनाउने भएको छ ।
गौरा विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्वका रुपमा चिनिन्छ । गौरा पर्व भाद्र शुक्लको षष्ठी देखी अष्टमी सम्म विभिन्न
कार्यक्रमहरूको आयोजना गरेर मनाइने समाजका अध्यक्ष केशव जोशीले बताए । गौरा पर्वका अवसरमा देउडा नाचेर आपसमा भाइचारा साटेर रमाइलो समेत गर्ने अध्यक्ष जोशीले सुनाए ।
गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको कारण प्रवासमा रहेपनि यसको सरंक्षणका लागि सुदुरपश्चिम समाजले हरेक बर्ष मनाउदै आएको समाजका उपाध्यक्ष श्याम पौडेलले बताउछन ।
रकडेलको इन्द्रेणी पंmसन सेन्टरमा आयोजना हुने गौरा पर्वका अवसरमा समाजले सिडनीबासी सबै नेपालीलाई सरिक हुन आग्रह गरेको छ । देउडा यतिखेर सुदुरपसश्चमको मात्र हैन हामी सबै नेपालीको राष्ट्रीय चाड भएकोले कार्यक्रममा सहभागि भएर यसको महत्व बढाइदिनहुन उपाध्यक्ष पौडलले सबैलाई आग्रह गरेका छन ।
सिडनीमा गौरा पर्व
0
Shares