लाहुरी टेलिभिजनको आयोजना भिजन फर मोटिभेसनको ब्यवस्थापन र नेप्लीज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाको सहयोगमा यही आउँंदो बुधबार सेप्टेम्बर १२ तारिखका दिन हर्षभिलको अलावा पार्कमा हरितालिका तिजको बिशेष कार्यक्रमको आयोजना हुने भएको छ । कार्यक्रममा आकर्षणको रुपमा नेपालकी चर्चित नायीका प्रीयंका कार्की र मेलिना राइ आउने भएपनि यसको फरक महत्वका साथ मनाउन लागेको आयोजकले जनाएको छ । पशुपती शिबशिगं ल्याएर बिधिपुर्वक ब्राम्हणद्धारा पुजापाठ गरिने भएकोले अन्य तिज कार्यक्रम भन्दा यो बिशेष महत्वको रहेको आयोजकको दाबी छ । तिज महोत्सव नाम दिइएको कार्यक्रमवाट उठेको केहि रकम सीडनीमा बन्न लागेको हिन्दु मन्दिरको लागि सहयोग स्वरुप प्रदान गरिने छ । बास्तबमै बिभिन्न मन्दिरमा गएर पचासौ डलर दान दिएर तिजको पुजा गर्नुभन्दा साच्चीकी नेपालवाट पुजेर ल्याएको शिवलिंग स्थापना गरेर आमा दिदी बहिनीहरुले हरितालिका तिज मनाउन भन्ने हाम्रो चाहना हो , भिजन फर मोटिभेसनका महेश प्रशाइले सुनाए । बिदेशमा बसेर हाम्रो कला संस्कृतीको रक्षा गर्ने क्रममा हामीले सहज र सरल रुपमा तिजको पुजाआजा गर्न पाउनुहोस भन्ने चाहना राखेर तिजको दिननै कार्यक्रम तय गरेका हौ महेशले सुनाए ।
हुन अस्ट्रेलियामा यसअघिनै तिजको नाममा कम्तीमा दुइ दर्जन कार्यक्रम सम्पन्न भैसकेपनि तिजको दिन पारेर भने यो पहिलो पटक यस्तो फरक तिज महोत्सव आयोजना गरिन लागेको आयोजक लाहुरी टीभीका जिवन डीसीले बताए । गित संगित तिजको एउटा महत्वपुर्ण पाटो पनि हो त्योसँंगै निशुल्क रुपमा प्रवेशको ब्यवस्था गरेर नेपाली पण्डीतहरुको उपस्थीतीमा शिव लिंग स्थपना गरेर तिजलाई बिशेष बनाउने हाम्रो लक्ष्य हाmे जिवनले सुनाए ।
सीडनीमा नेपाली समाजले निकै ठुलो आकार लदैगर्दा अझसम्म आफ्नै हिन्दु मन्दिर भने बन्न सकेको छैन । कतिपय भारतिय समाजको त केहि निजी मन्दिरहरुमा नेपालीहरुले यो पर्व मनाउदै आएका छन । हाम्रो मुख्य लक्ष्य भनेको नेपालीको स्वामित्वमा रहने गरी सिडनीमा हिन्दु मन्दिरको स्थापना गर्नु हो , नेप्लीज अस्ट्रेलियन हिन्दु सोसाइटीका पण्डीत प्रकाश ढोडारीले बताए । हाम्रो हिन्दुत्वको रक्षा हामीलेनै गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो , त्यसैले पनि यस पटकको हरितालिका तिज पर्वलाई बिशेष रुपमा मनाउन फरक शैली अपनाएको पण्डित ढोडारीले बताए ।
प्रीयंका र मेलिनासंगै बुधबार सीडनीमा तिज महोत्सव
0
Shares