हेटौडा, भदौ २४ । प्रदेश सरकारले सहकारीको विकासका लागि बजेट छु्ट्याएकाले यस विषयमा उपयुक्त योजना बनाएर पेश गर्न प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुझाएका छन् ।
श्रमिक बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पैसा थुपारेर मात्र सहकारीको विकास सम्भव नभएकाले सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा आफ्नो रकम सदुपयोग गर्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री पौडेलले सहकारी संस्थाले विगतको भन्दा फरक तरिकाले अगाडि बढ्नुपर्ने भन्दै विकासका लागि यस्ता संस्थालाई एक आपसमा गाभिनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा सहकारीमा आबद्ध रहेका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो ।
0
Shares