कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले लोकतन्त्र गुम्ने खतरा रहेको नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले बताएका छन् ।
कम्युनिष्टहरु संघीयता बिरोधी हुने भन्दै सरकार नै संघीयता कार्यान्वयन गर्न नदिने अभियानमा लागेको उनको भनाइ छ । कोइरालाले भने– सरकारमा बसेकाहरु राज्य मै हो,म नै कानुन हो, मैले जे भन्यो त्यही हुनुपर्छ भनेर हिडीरहेका छन् यसले मुलुकलाई कहाँ पुर्याउँछ ?
बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्रिय समिती–१ झापाले धुलाबारीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले गाउँमा बस्ने कार्यकर्तालाई जती पार्टीको माया केन्द्रका नेताहरुलाई नभएको प्रस्ट पारे ।
दुरदराज र गाउँका निष्ठावान कार्यकर्ताले संगठन बचाएको पनि उनको भनाइ छ । पार्टीको क्रियाशील सदस्यता बितरण मुल्यांकन र न्यायोचित ढंगले हुन नसकेकै कारण पार्टी धरासायी बनेको कोईरालाको ठम्याई थियो ।
नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले भाषण गरेर मात्रै पार्टी रुपान्तरण नहुने बताउँदै आफु कुनै पनी गुटमा नरहेको पनी बताए । कार्यक्रममा पुर्व सांसदहरु–डा शोभाकर पराजुली र उषा गुरुङ, प्रदेशसभा सदस्य केदार कार्की लगायतले आ–आफ्नो धारणा व्यक्त गरे ।