काठमाडौँ, भदौ २६ । अफगानिस्तान प्रिमियर लिग (एपिएल)मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने छनोट भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो ।
उक्त लिगमा पाँच टोलीले सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान रहेका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने छनोट हुन सकेनन् । प्रतियोगिताको नियमानुसार कम्तीमा एउटा एशोसियट खेलाडीलाई प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान रहेको थियो । प्रतियोगिता आगामी असोज १९ देखि कात्तिक ४ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा हुनेछ ।
सन्दीपले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यान्डाको ग्लोबल टी–२० र वेस्ट इण्डिजको राष्ट्रिय लिग खेलिसकेका छन् ।