शेयर बजार उकालो लाग्यो, कति अंकले बढ्यो हेनुहोस्

काठमाडौँ, भदौ २८ । लगातार उकालो लाग्दै आएको शेयर बजार आज दोहोरो अङ्कले बढेर नयाँ विन्दुमा पुगेको छ ।

कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले उकालो लागेर एक हजार २४४.८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले उकालो लागेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममासमेत बढोत्तरी भएको छ ।

कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

निर्जीवन बीमा ४१.४१, माइक्रोफाइनान्स ०.६९ र जीवन बीमा ११.१८ विन्दुले ओरालो लाग्दा बैंकिङ १६.२, होटल ३२.१९, विकास बैंक ११.२७, जलविद्युत् ४.५३, फाइनान्स २.२, उत्पादन २.०६ र अन्य उपसमूह २२.२९ विन्दुले उकालो लागेको छ ।