नक्कली नोटको बिगबिगी, सतर्कता अपनाउन निर्देशन

गोरखा, भदौ २९ । गोरखामा नक्कली नोटको बिगबिगी हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नक्कली नोट फेला परेपछि सतर्कता अपनाउन जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्य रुपमा नक्कली नोटको पहिचान गर्नसक्ने खालका मेशिनको प्रयोग गर्न निर्देशन दिए ।

यहाँको प्राइम बैैंक र सिद्धी गणेश बचत तथा ऋण सहकारी संस्थामा गत साता एक हजारका तीन नक्कली नोट फेला परेपछि प्रजिअ भट्टराईले सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

गोरखा र लमजुङमा भेटिएको नक्कली नोेटको नम्बर एउटै भएको जानकारीमा आएको प्रजिअ भट्टराईले बताएका छन् । सूचना लुकाएर राख्दा आपराधिक गतिविधि बढ्न सक्ने भएकाले समयमै खबर गर्न उनले बैंकलाई निर्देशन दिएका छन् ।