कम्युनिस्टका अभिभावक अरिङ्गाल बन्न उक्साउँछन् भने नेबिसंघ आगोको राँको लिएर हिँड्नेछ ! चेतना भया : ने बि संघ केन्द्रिय सदस्य थापा

मुलुकमा दिनदिनै बढिरहेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधका दोषीहरुलाई कारवाहीका लागि माग गर्दा प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई अरिङ्गाल झै झम्टिन निर्देशन दिएको भन्दै कसैले अरिङ्गाल बनेर आए नेबिसंघ आगोको राको बोकेर हिड्ने नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मनिशजङ थापाले बताएका छन् ।

रोल्पा तरुण दलका नेता रोहित पुन र कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याराको २ महिना बित्दा समेत पत्ता नलागेको र अपराधीलाई सरकारले संरक्षण गरेको भन्दै नेता थापाले काहीँ कतै निर्मला पन्तलाई पनि तिनै अरिङ्गालहरुले चिलेर मारोको त होइन भनी शंका ब्यक्त गरे ।

अपराधीलाई कारबाही गर्नुको सट्टा झन वास्तविक अपराधी संरक्षण गर्ने र निर्दोष ब्यक्तिलाई जबर्जस्ती अपराधी बनाउनतर्फ सरकार उन्मुख भएर मुलुकमा आतंक मच्याउन थालेको भन्दै उनले निर्मला पन्तको हत्यारालाई चाडो भन्दा चाडो कानुनी दायरामा ल्याएर कारबाही नगरे नेबिसंघले आन्दोलनको आधिबेरी ल्याउने बताए ।

कम्युनिस्टका अभिभावक अरिङ्गाल बन्न उक्साउँछन् भने नेबिसंघ आगोको राँको लिएर हिड्नेछन् ! चेतना भया : नेबिसंघ केन्द्रिय सदस्य थापाले मुलुकमा दिनदिनै बढिरहेका हत्याहिंसा र बलात्कार जस्ता जघन्य अपराधका दोषीहरुलाई कारवाहीका लागि माग गर्दा प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई अरिङ्गाल झै झम्टिन निर्देशन दिएको भन्दै कसैले अरिङ्गाल बनेर आए नेबिसंघ आगोको राको बोकेर हिड्ने बताएका छन् ।