नवलपरासी, असार २७ । नवलपरासी जिल्लाका छवटा सामुदायिक विद्यालयहरु जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा नमूना विद्यालयमा रुपमा चयन भएका छन् ।
आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय नमुना विद्यालयका रुपमा चयन भएका हुन् । नमूना विद्यालय घोषित भएका विद्यालयहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन् । ती विद्यालयलाई शिक्षा मन्त्रालयले हालै नमूना विद्यालय घोषित गरेकोे हो ।
हरेक नमूना विद्यालयले २०० विद्यार्थीलाई पुग्ने गरी आवासीय सुविधासहितको भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने छन् ।
0
Shares