बाढी पहिरोका कारण खानेपानी आपुर्ती बन्द

बद्री पन्त

जाजरकोट, असोज १ । जाजरकोटको नलगाड नगरपालिका ३, चाँवलेचौर र सानावन गाउँमा खाने पानीको अभाव छ । गाउँमा आपुर्ती हुँदै आएको खानेपानी बाढी पहिरोबाट क्षेति पुगेपछि खानेपानीको अभाव भएको हो । गत साउन २९ गतेको भारी बर्षापछि आएको बाढी पहिरोले गाउँमा आपुर्ती हुँदै आएका ट्याङ्की र पाइप लाइन बगाउँदा स्थानीय बासिन्दा शुद्ध पिउने पानीको सुबिधाबाट बन्चित भएका छन् ।

बाढीले ठुलामुल खानेपानी योजना ट्याङ्की र पाइप लाइन, नयाँ खोली खानेपानी योजनाको ट्याङ्की र पाइप लाइन, बगरछाना खानेपानी योजना, नहकुली सिचाई तथा खानेपानी योजना लगाएत ८ वटा खानेपानी योजना क्षति गरेपछि चावलेचौर र सानावन गाउँका बासीन्दा र विद्यालयका वालवालिका आकाशे तथा खोलाको दुषित पानी खानुपर्ने बाध्यतामा छन । २०४४ सालमा निर्माण भएको बगरछान खानेपानी योजना बन्द भएको स्थानीय हर्कबहादुर बिष्टले बताए ।

चावलेचौर स्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालयका १ सय वालवालिकाले पनि आकाशे पानी खादै आएका छन् भने सानावन स्थित लालिगुरास प्राथामिक विद्यालयका वालवालिका पनि नजिकैको खोलामा गएर पानी खाने गरेका हर्कबहादुर बिष्टले बताएका छन् ।

सानावनका २३ परिवार गाउँ नजिकैको वग्ने खोलाको दुषित पानी प्रयोग नगरी सुकै छैन । ट्याङकी र पाइप लाइन बाढीले वगाएर लगेपनि १ महिना देखि खोलाकै पानी खानु परेको उनले जनाएका छन् । नगरपालिका तथा जिल्ला खानेपानी कार्यालय लगाएत निकायमा पानीको तत्काल व्यवस्था गर्न माग गरेपनि कुनै सुनवाइ नभएको स्थानीयको गुनासो छ ।

त्यसैगरी नलगाड नगरपालिका ३, चाँवलेचौर जाजरकोटका स्थानीय मृर्षीबहादुर पुनले चावलेचौर र भदाले गाउँका १ सय घरपरिवार आकाशे पानी संकलन गरेर खादै आएका जनाएका छन् । त्यहाँका स्थानीय मात्र नभइ पशुबस्तुलाई पनि पानी खुवाउन समस्या भएको उनको भनाइ छ । आकाशे तथा खोलाको धमिलो पानीेको भर पर्न वाध्य छन् ।

आकाशबाट पनि पानी नपर्दा र खोलाका मुलहरु सुक्दै जान थालेपछि समस्या जटिल बन्दै जाने स्थानी मृर्षीबहादुर पुनले बताए । परिवारका १ सदस्यको काम दैनिक पानी ओसार्न मै वित्ने गरेको छ । खानेपानी अभावमा दैनिक सरसफाई लगाएत कार्य गर्न समस्या छ उनले भने ।

स्थानीयबासीले दुषित पानी नपिई नहुने अवस्था सिर्जना भएको उनले बताए । गाउमा शुद्ध पानी नहुँदा आगुन्तुक पनि बास नबसेरै जाने गरेका छन् । पानीको अभावमा गाउका चर्पी प्रयोग गर्न समस्या भएको छ । स्थानीय खोला खोल्सामा, जंगल खुला स्थानमा दिशापिसाव गर्ने गरेका छन् ।

स्थानीय बासिन्दा पानी जन्य रोगबाट पिडित भएको उनले बताएका छन् । पढ्नेलेख्ने बालबालीकाको समय पनि पानी ओर्सानमै वित्ने गरेको छ । वर्षातको बलेद्रे पानी संकलन गरेर खानु पर्ने बाध्यता भएको स्थानीयको भनाई छ ।