अरिङ्गाल

कविता
हो अरिङ्गाल बन्न सक्नु पर्छ ।
अंग्रेजसँग अरिङ्गाल पनि युद्धरत् थिए ।
भक्ती , बलभद्रले मात्रै लडेका थिएनन् ।
देश जोगाउन अरिङ्गाल पनि लडेका थिए ।
हाम्रा पुर्खा देशका तलवी लडाकु थिए ।
अरिङ्गालहरु बेमतलव लडीरहेका ।
बेवारिसे यत्रतत्र मरिरहेका ।
उनिहरुको लासमाथी कसैले सलामी दिएनन् ।
मलामी पनि कोही भएनन् ।
तर उनिहरु ज्ञात अज्ञात देशका खातिर लडिरहे ।
आफ्नो आहुती युद्ध मैदानमा दिइरहे ।
न त उनिहरुले पानी पिए ।
न त तलव सुविधा नै लिए ।
आज उनिहरुलाई नै लल्कारी रहेछ देश ।
युद्धमा सामेल हुन बोलाई रहेछ ।
आज शत्रुसँग लड्ने हैसियत कसैले राख्दैन ।
बरु सिमा छोड्न तयार हुन्छ ।
धर्म छोड्न तयार हुन्छ ।
अर्काको संस्कारमा काल्पनिक रमाउँछ ।
अर्काको छाता जुत्ता धुन्छ ।
त्यसैमा स्वदेश र स्वदेशी रमाएको छ ।
लाहुरबाट ल्याएको सामान र बाकसमा ।
सबै परिवार र समाज समेत वाह ! भन्छ ।
लाहुरे आफ्नै केश गन्दैछ ।
क्यानाम ! केश त तिल चामले भएछ ।
अब पाँच बर्षमा त पेन्सन पाक्छ ।
त्यस पछि त पल्टन छोराले हाँक्छ ।
अनि त आरामको जिन्दगी बिताइन्छ ।
बिचैमा माला लगाएर बाकस मात्रै आयो ।
फुर्तिलो लाहुरे आज चिरनिन्द्रामा छ ।
अबका दिनमा सोहि स्थान सन्तानका लागि ।
आरक्षणमा छोरो विदेशीको सैन्यमा भर्ति भयो ।
फेरि पनि उहि जिवनशैलि शुरु भयो ।
चुच्चे ढुङ्गो , उही टुङ्गो ।