अस्ट्रेलियामा नेपाली समाज बाक्लिदैजाँंदा नेपालीजनहरुको उद्योग धन्दा र ब्यवशाय पनि फस्टाउन थालेको छ । ब्यापार ब्यवशाय अनि पेशामा समेत आआफ्नो छबि बनाएका नेपाली समाजमा चिनिएका ब्यक्तीत्व हुन दिपक खड्का । न्यु साउथवेल्स राज्यको महाबाणिज्यदुत समेत रहेका खड्का एक दशकदेखि शैक्षिक ब्यवशायमा संल्गन छन । सन २००८वाट प्रारम्भ गरेको उनको कलेज क्राउन इन्स्टीच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी (सीआइबीटी)ले दश बर्षको दौरान आफ्नो ब्यवशायीकतालाई उत्कृष्ट प्रमाणित गरेपछि अहिले आएर हाइएर एजुकेशनको मान्यता पाएको छ । अस्ट्रेलियामा यसरी नेपालीको स्वामित्वमा रहेको कलेजहरुमा आइएर एजुकेशनको मान्यता पाउने दोस्रो कलेज बनेको छ क्राउन । यसअघि अस्ट्रेलियाका धनाध्य नेपाली शेष घलेको कलेज एमआइटीले मात्र सो मान्यता प्राप्त गरेको थियो । अस्ट्रेलियामा यसरी उच्च शिक्षाका लागि मान्यता दिने बिषयलाई निकै गम्भीर रुपमा हर्ने गर्दछ । हाल अस्ट्रेलियामा ४३ वटा बिश्वबिद्यालय सहित टेफ गरेर करिब एक सय ७० अध्यन प्रतिष्ठानहरुले उच्च शिक्षाको मान्यता हासिल गरेर शैक्षिक सेवा प्रदान गर्दै आएका छन । क्राउनले आगामी मार्च महिनादेखि आफ्नो ब्याचलरको पढाइ प्रारम्भ गर्ने तयारी गरेको क्राउनका कार्यकारी निर्देशक नारायण तिवारीले बताए । प्रारम्भमा क्राउनले दुइवटा बिषयलाई अगाडि सारेको र सम्भवत यसको प्रकृया आगामी नोभेम्बर डिसेम्बरसम्म पुरा हुन सक्ने तीवारीले जानकारी दिए । ब्याचलर अफ एकाउन्टीङ र ब्याचलर अफ अन्तरपर्नरशिप एन्ड इनोभेसन गरी दुइ बिषयलाई पहिलो चरणमा अगाडि बढाइएको कलेजका संस्थापक दिपक खड्काले जानकारी दिए । खड्काले याचलर अफ अन्तरपर्नरशिप एन्ड इनोभेसन अत्यन्तै नया र उत्कृष्ट बिषय भएको समेत बनाए । पेशाले इन्जिनियर रहेका दिपक खड्काले हङकङवाट छोरा छोरीको भबिष्य हेरेर अस्ट्रेलिया आएको बताउदै भने पेशाले भन्दा पनि पढाइले मानिशलाई कर्म सिकाउदो रहेछ ।
सिडनीको क्राउनले पायो उच्च शिक्षाको मान्यता
0
Shares