प्रविधिको तीव्र परिवर्तन तथा कडा प्रतिस्पर्धात्मक बर्तमान दुरसञ्चार बजारमा नेपाल टेलिकम सामु देखिएका कडा चुनौतिहरुको सामना गर्नका लागि नेपाल टेलिकम वर्कर्स युनियनले नेपाल सरकार, संचार तथा सुचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
कम्पनिलाई नेतृत्व विहीन बनाइराख्न देशी विदेशी विचौलियाहरुको प्रभाव परेको हो कि भनि युनियनले प्रश्न समेत गरेको छ । सो विषयमा माननीय संचार तथा सुचना प्रविधि मन्त्रीलाई गम्भीर हुन अनुरोध गर्दैै कम्पनिको पुनःसंरचनासँगै कम्पनिको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धि निर्देशिका २०७२ अनुसार प्रवन्ध निर्देशक तत्काल नियुक्ति गर्न युनियनले विज्ञाप्ति जारी गर्दै जोडदार माग गरेको छ ।
विगत लामो समयदेखि कर्मचारी सरोकारका विषयसँग जोडिएको कर्मचारी नियमवाली सम्बोधनमा युनियनलाई वेवास्ता गरि एक पक्षिय रुपमा व्यवस्थापनबाट संचालक समितिमा पेश हुनु, विज्ञापनको नतिजा बर्षौ वितिसक्दा पनि प्रकाशन नगर्नु, वृत्ति विकासमा देखिएका द्ययततभि ल्भअप हटाउने सम्बन्धमा चासो नराख्नु, विनियमावली बमोजिम श्रावण महिनामा कर्मचारीहरुले पाउनुपर्ने अपग्रेडको निर्णय गर्न विलम्भ गर्नु, कम्पनिका नियमित कार्यहरु नहुनु, श्रम ऐनले प्रत्याभूत गरेको अधिकारबाट श्रमिकलाई वञ्चित गराइनु, कर्मचारी विनियमावली तथा युनियन र व्यवस्थापनबीच सहमति भइ बनेका नियमहरु व्यवस्थापनबाट पटक पटक उल्लंघन हुनु र यसको समाधानका लागि कुनै स्पष्ट तदारुकता नदेखाइदा संचालक समिति मौनता साँधेर बस्नु अत्यन्त दुर्भाग्यपूर्ण विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाल सरकारका गतिविधि एवं जिम्मेवार व्यक्तिका गतिविधिहरुले कसैको हित नहुनेमासमेत युनियनले ध्यानाकर्षण गराएको छ ।
महासचिव सुरेशप्रसाद रोनियारले जारी गरेको विज्ञप्तिमा सम्माननीय प्रधानमन्त्री, संचालक समिति नेपाल टेलिकम, प्रवन्ध निर्देशक नेपाल टेलिकम, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ राष्ट्रिय समिति, युनि नेपाल, नेपाल दुरसंचार कर्मचारी संघलाई बोधार्थ गरिएको छ ।