इलाम, असोज ४ । अहिले देशमा भ्रष्टाचार बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री सुनिलबहादुर थापाले बताएका एका छन् । इलाममा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाएका छन् ।
थापाले भ्रष्टाचार र अधिनायकवाद बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको स्पष्ट पारे । थापाले देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता वर्तमान समयको आवश्यकता रहको जानकारी समेत गराए ।
राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राप्रपा (राष्ट्रवादी बीच एकता गर्ने तर्खरमा रहेको जानकरी गराउँदै थापाले भने, हामी साङ्गठनिकरुपमा दीर्घकालसम्म एकता नभाडिने तरिकाले एकता गर्छौं । थापाले एकताका लागि काम शुरु भएको बताएका छन् ।
0
Shares