हनोई, असोज ४ । भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको सो स्थानको भूकम्प सुचना र सुनामी चेतावनी सेन्टरले जानकारी गराएको छ । भूकम्पहरुको मापन भने स–साना नै रहेको बताइएको छ ।
सो भूकम्पहरु २.५ देखि ४ं.५ रिक्टर स्केलसम्मका रहेको जानकारी गराइएको छ । भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति भने नभएको सो स्थानको भूगर्भ विभागले जानकारी गराएकोे छ ।
भितनामको पाँचवटा प्रान्तलगायत चीन र लाओसमा सीमाक्षेत्रमा रहेका पहाडी इलाकाहरु यस भूकम्पहरुबाट प्रभावित भएको जानकारी गराइएको छ ।
0
Shares