अस्ट्रेलियामा तीन हजार नेपाली पर्यटक, छब्बीस हजार विद्यार्थी

अस्ट्रेलियामा संविधान दिवस मनाइयो

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको संविधान दिवस निकै धुमधामका साथ मनाइएको छ । अस्ट्रेलियाको लागि नेपाली राजदुतावासको आयोजनामा सम्पन्न संविधान दिवस अर्थात नेशनल डेमा अस्ट्रेलियाका अध्यागमन तथा बहुसांस्कृतिक मन्त्री डेभिड कोलम्यान लगायत बिभिन्न देशका राजदुत तथा अस्ट्रेलियन सांसद लगायत नेपाली उद्योगपती तथा समाजिक अगुवाहरुको बाक्लो उपस्थीती रहेको थियो ।

कार्यक्रममा अस्ट्रेलियाका नवनियुक्त अध्यागमन मन्त्री डेविड कोलम्यानले तिन हजार नेपाली बसोबास गर्ने स्थान आफ्नो निर्वाचन क्षेत्र भएको चर्चा गर्दै अस्ट्रेलियाको नेपाली समाजलाई सहयोग गर्न आफु तयार रहेको बताए । अस्ट्रेलियाको बहुसांस्कृतीक समाजमा संसारभरवाट बसाइ सरेकाहरु बिच नेपालीले अलग पहिचान बनाउन सफल भएको बताए ।

अहिले ६२ हजार नेपालीले जनगणनामा भाग लिएको चर्चा गर्दै मन्त्री कोलम्यानले भने, पछिल्लो तथ्याकंमा २६ हजार नेपाली बिध्यार्थीले अस्ट्रेलियालाई उच्च अध्यनका लागि चुनेका छन भने तिन हजार भिजिटर भिषामा अस्ट्रेलिया घुम्न आएका छन । यो तथ्यांकले नेपाल र अस्ट्रेलियाबिचको साइनो बलियो बन्दै गएको देखिन्छ , मन्त्री कोलम्यानले सुनाए ।

कार्यक्रममा राजदुत लक्की शेर्पाले नेपाल र नेपालीलाई माया गरेर पाल्नु हुने सबैलाई स्वागत गर्दै भनिन , पछिल्लो समयमा नेपाल र अस्ट्रेलिया बिचको आपसी सम्वन्ध प्रगाढ हुदै गएको छ । दुइ देश बिचको संसदीय साइनो गासिनु आफैमा महत्वपुर्ण उपलब्धी रहेको बताउदै राजदुत शेर्पाले सरकारमा मात्र नभएर जनतामाझ पनि आपसी सम्वन्ध समधुर बनेको बताइन ।

अष्ट्रेलियास्थित नेपाली दूतावासले जर्नी टु नेपाल अभियान सञ्चालन गर्ने बताउदै राजदुत शेर्पाले अष्ट्रेलियामा रहेको ज्ञान, शीप र दक्षता मात्र होइन पर्यटकहरुलाई समेत आकर्षित गर्ने उद्देश्यले यो अभियान चलाउन लागिएको बताइन । नपालमा लगानीको वातावरण बनाउन समेत यस अभियानले मद्दत गर्ने अपेक्षा दूतावासको रहेको शेर्पाले बताइन । शेर्पाले सबैजना अष्ट्रेलिया अष्ट्रेलिया भन्दै यता आइरहेको बेला यहाँबाट नेपालमा गएर केही गर्छु भन्नेहरुलाई, नेपाल घुम्न जाने अष्ट्रेलियनहरुलाई अनि नेपालमा लगानी गर्न चाहने यहाँका लगानीकर्ताहरुलाई आकर्षित गर्ने नै हाम्रो उद्देश्य रहेको छ ।

कार्यक्रममा अस्ट्रेलियामा रहेर नेपाल र नेपालीको प्रतिष्ठा अभिबृद्धी गर्नुका साथै सहयोग गर्नुहुने उद्योगपती शेष घले लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएन अ‍ोसेनियाका संयोजक धर्मराज अधिकारी, न्यु साउथवेल्सका महाबाणिज्यदुत दिपक खड्का , भिक्टोरियाका महाबाणिज्यदुत चन्द्र योन्जन, अन्त्राष्ट्रिय झापाली मसाजका अध्यक्ष दिनेश पोखरेल ,एनआरएनका उपाध्यक्ष नन्द गुरुङ , प्रबक्ता डिला खरेल ,सामािजक अगुवाहरु भवानी ओली,गोवा कटुवाल, छिरिङ शेर्पा लगायतको उपस्थीती रहेको थियो ।