समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली समाज
झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी कोरीयाको सिउलमा सोमबार देखि सुरु हुने भएको छ । सन २०१७ को प्रारम्भमा स्थापना भएको यो संस्थाले अहिलेसम्म केहि सामाजिक र परोपकारी कार्यहरु सम्पन्न गरिसकेको छ ।
अक्टोबर २०१७ मा झापाको बिर्तामोडमा भएको अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय अधिवेशनबाट अस्ट्रेलिया बसोबास गर्दै आएका दिनेश पोखरेललाई अध्यक्ष पदमा चयन गरेको थियो । संस्थाले पोखरेलको नेतृत्वमा अन्तराष्ट्रिय संजाललाई बिश्वब्यापी रूपमा विस्तार गर्द हालसम्म २४ देशमा आफ्नो संस्थाको बिस्तार गर्न सफल भएको छ । झापाली समाजको यो दोस्रो क्षेत्रिय सम्मेलन हो ,यसअघि कतारको दोहामा पहिलो बिश्व सम्मेलनको आयोजना गरेका थियो ।
संसारका कुना काप्चामा छरिएर रहेका झापालीहरुलाई जन्मभुमीको बिकाश र बिस्तारमा लाग्न प्रेरित गर्दै यसलाई अरु देशहरुमा फैलाउने उद्देश्य रहेको अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय अध्यक्ष दिनेश पोखरेलले बताए ।
अस्ट्रेलियाको सिडनीवाट सउलजानुअघि पत्रकारहरुसँंगको भेटमा पोखरेलले समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली समाज’ को नाराका साथ सम्पन्न हुन लागेको यो सम्मेलनमा झापा जिल्लामा सामुहिक लगानी मार्फत कृषि, पर्यटन, उर्जा आदि जस्तै उत्पादनसील बिभिन्न क्षेत्रमा लगानीको अबसर सृजना गरी रोजगार तथा उद्यमशिलताको विकास गरी झापालीजनतालाई सहयोग गर्ने बिषयमा छलफल हुने बताए ।
आगामी सेप्टेम्बर २४, २५ र २६ तारिखमा सउल ड्रागन सिटीस्थीत नोभेटलमा सम्मेलनको तयारी पुरा भैसकेको र अमेरिका, अस्ट्रेलिया, जापान, हङकङ, इजरायल, कतार, युके लगायत बिभिन्न राष्ट्रवाट प्रतिनिधी समेत आइपुगीसकेको पोखरेले जानकारी गराए ।
कार्यक्रमको प्रमुख अथितिको रुपमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की , नेपाली कांग्रेसका प्रभावशाली यूवा नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनको उपस्थिति हुने पक्का भैसकेको केन्द्रिय अध्यक्ष पोखरेलले बताए ।
नेपाल सरकारसँग बैधानिक रूपमा नै दर्ता भईसकेको यो समाजले बिश्वभर छरिएर बसेका झापालीहरूलाई एकीकृत गरी कृषि, पर्यटन तथा औद्योगिक सम्भाव्यता खोजी गरी दीर्घकालिन सामूहिक लगानीको गुरुयोजनाको बारेमा पनि सउल भेलामा बृहत्तर छलफल गरिने जानकारी संस्थाका सचिब भुपाल सिटौलाले बताए ।
अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथ झापा मिलन समाज दक्षिण कोरियाका अध्यक्ष राजु सन्तोशी थापाले अर्काको देशमा आएर दुःखले दुइ चार पैसा कमाएर स्वदेशमा गएर केही गरौ भन्ने भावनामा बगेका झापाली साथीहरुका लागि यो भेला कोशेढुङ्गा साबित हुने बताए ।