बुटवल, असोज ७ । अबको पार्टी सभापतिमा कोइराला परिवार नै अगाडि बढ्ने दाबी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गरेका छन् । कार्यकर्ताको माया र चाहनालाई मध्यनजर गर्दै कोइराला परिवारबाट नै सभापतिको तयारीमा जुटेको कोइरालाले जानकारी गराएका छन् ।
रिपोर्टर्स क्लव ५ नम्बर प्रदेश कार्यालय बुटवलद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने( ‘शेखर दा, म र सुजाता मध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’ देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने अभिव्यक्तिलाई ख्याल गर्दै तथा अहिले आफुले देश दौडाहामा पाएको सुझाबलाई समेत ख्याल गर्दै कोइराला परिवारका तीन सदष्य मध्यबाट एक सभापति हुने निर्णय सहित अधि बढेका हौ उनले भने ।
कोइरालाले अब हुने महासमिति बैठकमा नयाँ बिधान पारित गरिने समेत उनले जानकारी गराए । कम्तिमा आउदो ३० बर्षका लागि बिधान बनाउने समेत उनले प्रष्ट्याएका छन् । अबको ४ बर्षपछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको बिश्वासा रहेको छ । ‘कांग्रेस बिबादमा अल्झने हालको अबस्था नरहेको बताउँदै उनले भने, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ ।
बर्तमान सरकार संघीयताको मर्म बिपरित चलिरहेको उनले आरोप लगाएका छन् । ‘सरकारले कुनै योजना तर्जुमा गर्न नसकेको बताउँदै उनले भने केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन । कांग्रेसभित्रका अहिलेका चुनौती भनेको अहिलेको सरकारमा दुई तिहाइको दम्भ छ भने अर्काेतिर कांग्रेसभित्रैकै संगठन गुट उपगुटमा ध्यान जानु जरुरी रहेको उनले सुनाए ।
डा कोइरालाले कांग्रेसकै कारण अहिले नेपालमा २३ बिश्वबिद्यालय, २० मेडिकल कलेज छ, ८४ हजार किलोमिटर सडक बनेको जानकारी गराए । सरकारले प्रेस जगतलाई हमला गरेको प्रति आपत्ति जनाउँदै उनले प्रेस आफै स्वतन्त्र हुनुपर्ने र हस्तक्षेप बिरुद्ध खबरदारी गर्न पत्रकारलाई आग्रह गरका छन् । ‘२०१५ सालमा बिपीले प्रेस स्वतन्त्रताको थालनी गरेको स्मरण गर्दै उनले भने, पत्रकारलाई ४०० रुपैंयाँ दिएर बिपीले आफ्नो विरुद्ध लेख्न आग्रह गर्नुभएको थियो ।
‘सभापतिको अधिकार पनि बिकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’ कांग्रेस अधिबेशन समयमै अधिबेशन हुनुपर्ने कोइरालाले धारणा राखे । ‘सरकारले कर बढाउने, मुल्य बृद्धि गर्ने मात्रै गरेको छ, एमालेलाई जिताएर गल्ती गर्यौं भन्ने धेरै जनता महशुस गरेको जानकारी गराउँदै उनले भने ‘मलाइ थाहा छैन, सरकारको योजना भए मलाइ भन्नुस् ।
कांग्रेसले जितेका ठाउँमा कर बढेको छैन, भएपनि फिर्ता गर्न आजैबाट लाग्न कोइरालाले अनुरोध गरे । क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीको नवनिर्बाचित कार्यसमिति ,केन्द्रिय पार्षद, प्रदेश पार्षदहरुलाई सम्मान गरिएको थियो ।