जय होस् नेताजी !

       कविता

अनुदान अब नेपाललाई होईन ।
सिधै नेतालाई देऊ ।
प्राकृतिक खजाना के लिनु छ ।
सोझै नेताबाटै लेऊ ।
ती सब सन्धि सम्झौता किन चाहियो ।
लेन देन न त हो ।
आँखिर जनताले के पाउने हुन र ?
कागजको मिसिल ।
तपसिलमा देश पनि तिम्रै त हो ।
जनतालाई ऋण ।
बाजेले कालोमसीमा नपर्न खोजे ।
ऋण काढेनन् ।
आज छोरा नातिलाई नखाएको ।
ऋण थाप्लोमा ।
स्विस बैंक भरिई सकेको छ ।
राख्ने ठाउँ छैन ।
यता देश र जनता खोक्रो भैसके ।
ढल्न मात्र बाँकी ।
उता नेता ढुकुटीको ब्याज तिर्दैछ ।
यता बिरासत फिर्दैछ ।
जनता भोट हाल्दैछन् चुनावमा ।
नेता धनसारको तनावमा ।
ति त हज्जारौं बर्ष बाँच्दछन् होला ।
र त अरवौं थुपारे ।
तर कालको ढोका खुल्लै छ ।
ताला तिनको हातमा छैन ।
भए त बन्द गरेर राख्थे होला ।
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो ।
टारेर टर्दैन त्यो ।
ज्युँदो हुँदा जय जयकार लगाए ।
मृत्युु पर्यन्त धारे हात ।
वाहा ! नेता जी धेरै कमाएका रहेछौ ।
त्यसैले धारे हात पायौ ।
तिम्रा सन्तान श्रीमती मित्र थिएनन् ।
सबै पुर्वजन्मका साहु ।
ऋण उठाउनु थियो छद्म भेषमा आए ।
यो जन्ममा उठाए ।
पाप बोक्यो तिमीले प्रायस्चित गर्दै गर ।
मोज गर्छन पुर्वजन्मका साहुले ।
जय होस् नेताजी !
अब खाली चेकमा साईन गर ।
अनि मात्रै मर ।