‘मुलुकमा अशान्ति र महँगी वृद्धि’

इलाम, असोज ८ । पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी वृद्धि हुँदै गएको पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बताएका छन् ।

प्रेस युनियन इलामको आठौँ अधिवेशन कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको आरोप लगाएका छन् ।

कांग्रेस नेता भीष्मराज आङ्देम्बेले कांग्रेस सुध्रिनका लागि भातृसङ्गठनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।