थ्रीस्टारले जित्यो एम्बेसी कप

राइट एन्ड एशोसियट्स सीएनएफसी नेपाल एम्बेसी कप फुटबलको उपाधि अल्बरीको थ्रीस्टार क्लबले जितेको छ । क्यानबेरा नेप्लीज फुटबल क्लबको आयोजनामा अस्ट्रेलियाको राजधानी क्यानबेरामा सन्चालन भैरहेको दुइ दिने नेपाल एम्बेसी कप फुटबलको फाइनलमा सडेन डेथमा सिडनीको प्रतिद्धन्द्धी बेनी फुटबल क्लबलाई पराजित गर्दै थ्रीस्टारले उपाधि जितेको हो । नेपाली मुलका भुटानीहरुको बाक्लो बस्ती रहेको अल्बरी र युवाहरुले भरिएको थ्रीस्टारले प्रतियोगिता अवधिभरनै एकै लयमा स्तरिय फुटबल खेल्दै उपाधि हात पारेको थियो । फाइनलमा निर्धारित समय र थप समयमा पनि दुबै टीमले गोल गर्न नसकेपछ सडेन डेथका आधारमा अल्बरीका रमेश बस्नेतले निर्णायक गोल गर्दै उपाधि साविक विजेता थ्रीस्टारको पोल्टामा पारेका थिए । यसअघिको संसकरणमा पनि नेपाल एम्बेसी कप थ्रीस्टारले जितेको थियो । बेनीका खेलाडीले हानेको पेनाल्टी थ्रीस्टारका गोलरक्षकले निकै फुर्तिलो ढङगले बचाउ गरेपछि बेनीको उपाधि यात्रामा पुर्णबिराम लागेको थियो ।
क्वार्टर फाइनलमा निकै राम्रा खेलाडीले सुसज्जित मेलवर्नको यती एफसीलाई पराजित गरेको अल्बरीले आफ्नो टिम वर्कको कुशल प्रर्दशन गर्दै उपाधि हात पारेको थियो । नेपाली राष्ट्रिय टोलीका देखिसकेका शुलभ मास्के र अनिल ओझा सम्मीलित यती झीनो अन्तरले क्वार्टरफाइनलवाटै बाहिरिएको थियो ।
लगातार खेलेर फाइनलमा पुगेका दुबै टोलीका खेलाडी उपाधि भिडन्तमा भने निकै थकित देखिन्थे । सिडनीको बेनीले खेल अवधिभर गोल गर्ने केहि राम्रा मौका नपाएको होइन तर मौकाको ससदुपयोग गर्न नसक्दा उपाधिवाट बाहिर रहनु परेको थियो । केहि प्रशंसक सहित क्यानबेरा पुगेको बेनी एफसीको खेल आक्रमक देखिएपनि तालमेलको अभाव देखिन्थ्यो । यता सबै एकै उमेर र उस्तै उचाइका अल्बरीको युवा टीममा भने टीम स्पीरीटको बेजोड प्रस्तुतीका कारण जित हात पारेको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा , समाजिक अभियन्ता कृष्ण हमाल , एनआरएनका उपाध्यक्ष राजन बस्नेत तथा राइट एन्ड एशोसियट्सका निर्देशक परशुराम अधिकारीले पदक ,ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । राजदुत शेर्पाले खेलकुद स्वास्थका लागि मात्र नभए राष्ट्रको पहिचानका लागि पनि महत्वपुर्ण माध्यम बनेको बताउदै विजयी टोलीलाई बधाइ तथा पराजित टोलीलाइ आगामी दिनको लागि शुभकामना दिइन । कार्यक्रममा क्लबका अध्यक्ष नबिन दाहालले प्रायोजक तथा सहयोगी हातहरुलाई धन्यबाद दिए । प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने टोलीले चार हजार डलर र ट्रफी तथा दोस्रो स्थान हात पार्नेले दुइ हजार डलर र उपविजेताको सिल्ड प्राप्त गरेको क्लबका सल्लाहकार चुडामणी सापकोटाले बताए ।