धानमा कालोपोके रोगले ६५ प्रतिशत धानबाली नष्ट, कृषक मर्कामा

फोटो : भेरी नगरपालिका १, कालेगाउँमा धानमा कालोपोके रोग लागेर क्षेती गरेपछि धानखेती कृषक मर्कामा । तस्वीर : बद्री

बद्री पन्त

जाजरकोट, असोज १५ । जाजरकोटको कालेगाउँमा कालोपोके रोगले धान वालीमा क्षेती गरेको छ । भित्र्याउने समयमा धानबाली रोगले सखाप पारेपछि कृषक मर्कामा परेका छन् । धेरै आम्दानीको आसमा कृषकहरुले हाइव्रिट धान खेती लगाएका थिए । धान खेतीबाट जीवीका चलाउदै आएका कालेगाउँका कृषक धान भित्र्याउने समयमा भने निरास भएका छन् ।

भेरी नगरपाकिा १, कालेगाउँका नरबहादुर बस्नेत, दलबहादुर खत्री, ललित बस्नेत, जयबहादुर बस्नेत, बाशुदेव शाह, सुरेन्द्र केसी, कमला ओली, टिकाराम ओली, दिपबहादुर डाँगी, टिकाराम बुढाथोकी, कौशिला ओली लगाएत कृषक यतिबेला चिन्ति बनेका छन । खेतवारीमा लगाएको धानबाली कालोपोके रोगले सखाप भएपछि उनीहरु चिन्तामा परेका हुन् । धान भित्र्याउने समयमा खेतको धान रोगले सखाप बनाएपछि कालेगाउँका धान खेती कृषक मर्कामा परेका छन् ।
रोग लागेर धान वाली नष्ट भएको छ । पसाएर गेडा लागेको धानको बाला र गेडामा कालो ढुसी लागेर नष्ट गरेको छ । दुःख गरेर लगाएको धानवाली भित्र्याउने बेला रोगले नष्ट गरेको कृषक नरबहादुर बस्नेतले गुनासो गरेका छन् । १४ जनाको परिवार के खाएर पाल्ने समस्या भयो, बस्नेतले गुनासो गरे ।

कालेगाउँभरी लगाएको धान बाली रोगले सखाप पारेपछि कृषकहरु मर्कामा परेका छन् । यू.एस.३१२ हाइव्रिट जातको धानमा कालोपोके रोग फैलिएको हो । जाजकोटको होलु र कालेगाउँमा अत्याधिक धान उत्पादन हुने गर्दछ । उत्पादन गरेर भित्र्याउने समयमा रोग लागेपछि कृषक निरास भएका छन् । दाना लाग्ने समयमा रोगको संक्रमण भएपछि धान खेती नष्ट अर्का कृषक दलबहादुर खत्रीले बताए ।

जिल्ला कृषि अनुसन्धान केन्द्र जाजरकोटले खाद्यान्न बालीमा लाग्ने धानको कालोपोके रोग भएको बताएको छ । उक्त रोगको उपचार नभएको बताएको छ । हाइव्रिट जातको धानमा विउको माध्यमबाट कालोपोके रोग फैलने गरेको कृषि प्राविधीक टोपबहादुर विकले बताए । विउ लगाउनु पूर्व विषादी हालेर पानीमा भिजाउनु पर्ने हुन्छ, तर कृषकले सिधै लगाउदा समस्या आएको विकको भनाइ छ ।

रेसिसेन्स भन्ने रोगको जीवानुने कर्णशंकर जातसंग लड्न सक्ने क्षमता कम हुने हुँदा यसले हाइव्रिट जातमा बढी फैलने गर्छ । यो हावाको माध्यमबाट अन्य स्थानमा फैलिदै जाने गर्छ । यसले स्थानीय धानको जातलाई भने क्षेती गर्न नसक्ने बताइएको छ ।

कालेगाउँका ५० घर परिवारको ३० हेक्टर बढी खेतबारीमा खेती गरिएको धानवाली नष्ट गरेको छ । यसलाई स्थानिय भाषामा कुकाँ नामले चिनिने उक्त रोग कालेगाउँमा पहिलो पटक देखापरेको हो । रोग नियन्त्रणको लागि कुनै प्रयास नरहेको हो । रोगले ६५ प्रतिशत धानमा क्षेती गरेको छ ।

प्रमुख बालीका रुपममा रहेको धान रोगले सखाप बनाए पछि धान खेती कृषक मर्कामा परेका छन । मकै तथा तरकारी खेती छाडेर गाउभरी धान खेती गरिएको छ ।

कृषकले धान लगाउदा कृषि अनुसन्धान केन्द्रले सिफरिस गरेको धानको विउ लगाउनु पर्ने हुन्छ । कृषकले आफुखुसी धानको विउ लगाउदा विभिन्न रोगको संक्रमण बढ्दै गएको कृषि प्राविधीक विकले बताउनु भयो । रोग लाग्नु भन्दा पहिलै रोग नियन्त्रणको उपाय अपनाउनु पर्ने विकले बताए ।