ओखलढुंगा, असोज १५ । नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले ओखलढुंगामा नेविसंघको संगठन विस्तारका लागि एकजुट भएर लागि परेका छन् ।
नेविसंघको संगठन विस्तारका लागि सक्रिय रुपमा सन्तोष दाहाल, विशाल दाहाल, प्रकाश दाहाल, सुरेश ढुंगेल, नेपाली कांग्रेस मोलुङ गाउँपालिका बरुणेश्वरका पार्टी सचीव जीवन दाहाल, नेविसंघका नेता सुजन दाहाल, शम्भु गौतम, निश्छल कमल भट्टराई लगायत नेताहरु लागि परेका छन् ।
ओखलढुंगाका नेविसंघ लगायतका युवाहरु एक भई बरुणेश्वर मा.वि. र उच्च मा.वि. मा विद्यार्थीहरुको सक्रिय सहभागीतासहित नेविसंघको संगठन विस्तार गरिएको छ ।
स्कूल एवं क्याम्पस स्तरबाट नै संगठन विस्तार गर्ने अभियान अन्तर्गत शहीदहरुको पवित्र भूमि जसले प्रजातन्त्रका खातिर हासिहासी बलिदान दिए सोही स्थानबाट नै युवा जुटैं संगठन विस्तार गरौं भन्ने अभियान सहित सो कार्यको थालनी गरिएको नेविसंघ ओखलढुंगा काठमाडौं सम्पर्क समितिका सभापति शम्भु गौतमले बताए ।
सहीदहरुलाई साची राखेर सो स्थानबाट नै विभाजन हैन सबैलाई जोड्ने गरी संगठन विस्तारको थालनी भएको अध्यक्ष गौतमले बताए ।
कुनै राजनैतिक पुर्वाग्रहभन्दा माथि उठेर संगठन विस्तार र सदस्यता वितरण अभियान निरन्तर रहने उनले जानकारी गराए । स्थानीय स्तरदेखि नै कांग्रेसलाई मजबुद बनाउनका लागि अहिलेका युवालाई समेट्नुपर्ने र जिल्लाका हरेक स्कुल क्याम्पसहरुमा संगठन विस्तार गर्नुपर्ने उनको धारणा छ ।
संगठनलाई चलायमान बनाइ युवा पुस्तालाई गाउँ केन्द्रित गराई, युवा स्वरोजगार सहितका मुद्दालाई प्रजातान्त्रिक आचरणको विकासमा जोड दिँदै संगठन विस्तारको अभियानलाई जोड्न पर्ने नेविसंघका नेता सन्तोष दाहालले बताए ।
बरुणेश्वर मा.वि. मा नवीन कटुवालको अध्यक्षतामा ५० सदस्यीय समिति र उच्च मा.वि. मा खेमराज दाहालको अध्यक्षतामा ३० सदस्यीय कार्य समति बिस्तार गरिएको छ ।