कन्सर्न नेपालको “नेपाल प्रबर्दन तथा दिगो विकास स्वरुप” अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजु थापा, मिसिसागा ।

कन्सर्न नेपाल क्यानाडाले आफ्नो दशौं वार्षिकोत्सव तथा नेपालको संविधान दिवस र विश्व शान्ति  दिवसको अवसरमा सेप्टेम्बर २९ तारिख शनिबार ग्रेटर टोरोन्टोको मिसिसागा सेन्ट्रल लार्इब्रेरिमा “नेपाल प्रबर्दन तथा दिगो विकास स्वरुप ” अन्तरकृया कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।

   

कार्यक्रममा संस्थाको भाबी दिशा र योजनाबारे गहण छलफल र निर्णय भएको थियो भने  दोस्रो चरणमा  विश्व  शान्ति  र नेपालको संबिधान  सम्बन्धी  सामाजिक अगुवा, बुद्धिजिबी  र बिज्ञहरुको गहिरो बिबेचना सहित् प्रस्तुतिकरण र अन्तरकृया गरिएको  थियो। संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल  चाहने र नचाहने बीच मात्र नभै यसै भित्र अपनत्व महसुस् गर्न सन्सोधन चाहने  त्रिकोणात्मक अवस्थामा यसको कार्यन्वयनको पक्ष र दिर्घकालिन  शान्तिको बिषयमा उच्च स्तरको प्रस्तुतिकरण  र अन्तरकृया फलदायी भएकाले यस्ता खालका अन्य कार्यक्रमहरू पनि निरन्तर हुनु पर्नेमा सहभागिहरूको प्रतिकृया थियो । कार्यक्रममा एनआरएन क्यानडा लगायत जिटीएमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका सदस्य गोविन्द सिवाकोटिले कार्यक्रम  संयोजन र सन्चालन गर्नु  भएको  थियो  भने  सदस्य्  डा. तुलसी  धरेलले संस्थाको बृहत जानकारी दिनु भएको थियो ।त्यसै गरि सद्स्य सूबास दुतराज र डा. राजन पोखरेलले ब्यबस्थापकिय भूमिका निभाउनु भएको थियो  भने  चन्द्र राईले साराम्स सहित सबैलाइ धन्यवाद  दिनु भएको थियो ।