जापानी राजदूतबाट नेपालका लागि खेलकुद सामग्री वितरण

काठमाडौँ, असार २९ । जापानी राजदूत माससी ओगावाले नेपालका लागि रु २० लाख मूल्य बराबरका खेलसम्बन्धी विभिन्न सामग्री नेपाल स्की एसोसिएसनलाई हस्तान्तरण गरेका छन् । स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी दूतावासमा भएको एक कार्यक्रमका बीच हस्ताणतरण गरेका हुन् ।

उक्त समारोहमा बोल्दै राजदूत माससीले नेपालमा स्की खेलको विकासमा टेवा पु¥याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताए । स्की हिउँमा खेल्ने चिप्लेटी खेल हो । यो खेल जापानमा निकै लोकप्रिय छ । नेपालमा हिउँ पर्दा मनाङ र मुस्ताङमा यो खेल खेल्न सकिन्छ । स्की अन्तर्राष्ट्रिय खेल हो । नेपालमा भने यो खेल सन् २००७ बाट सुरु भएको स्की खेलको विशेष गरी जापान र उत्तर अमेरिकामा महत्व बढ्दै गएको छ ।