डाक्टर धिताल “प्राइड अफ अस्ट्रेलिया”को मनोनयनमा

नेपाली चिकित्सक कुमुद धिताल

अस्ट्रेलियाको सीडनी शहरलाई कर्मक्षेत्र बनाएर कार्यरत गोरखाका डा कुमुद धिताल यहांको निकै प्रतिष्ठित अर्वाड “प्राइड अफ अस्ट्रेलिया”का लागि मनोनयनमा परेका छन । नेपाली मुलका यी अस्ट्रेलियन डाक्टरले मृत्यु भइसकेको मानिशको मुटु अर्को ब्यक्तीमा प्रत्यारोपण गरेर चिकित्सा बिज्ञानमा नया कर्तिमान राखेका थिए । अस्ट्रेलियाको सबैभन्दा ठुलो आमसन्चार प्रतिष्ठना न्युज कर्पोरेशन अस्ट्रेलियाले स्थापना गरेको यो अर्वाड अस्ट्रेलियाकै महत्वपुर्ण अर्वाडका रुपमा चिनिन्छ । समुदायको हित र अस्ट्रेलियाको प्रतिष्ठा अभिबृद्धी गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने ब्यक्तीलाई हरेक बर्ष यो अर्वाड प्रदान गरिन्छ ।
भर्खरै मात्र सिडनीका् सेन्छ भिन्सेन्छ अस्पतालवाट २७ औ ब्यक्तीमा मुटु प्रत्यारोपण सफल रुपमा सम्पन्न गरिसकेका हर्ट सर्जन कुमुद घितालले आफुले पत्रपत्रीकामा आइसकेपछि मात्र आफ्नो नाम मनोनयनमा परेको थाहा पाएको बताए । यो खुसी र गर्वको कुरा पनि हो, यसले सबैलाई आफ्नो पेशामा अगाडि बढन हौसला प्रदान गर्छ , चिकित्सक धितालले सुनाए ।
अस्ट्रेलियाका मुख्य छापाहरुले पनि यो समाचारलाई निकै महत्व दिएर छापेका छन ।