काठमाडौँ, असोज १८ । यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ ।
मितिनी नेपालको युवा महिला नेता समूहद्वारा बुधबार आयोजित ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ विषयक अन्तरक्रियामा राजनीतिक परिवर्तनका लागि महिलाले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकाले अब पितृसत्ता प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ ।
महिला अधिकारकर्मी सरु जोशीले संविधानले महिला र पुरुषबीच समानता कायम गरे पनि समलिङ्गी समुदायलाई नसमेटेको भन्दै आगामी दिनमा संविधान संशोधनको माध्यमबाट सो समुदायको माग सम्बोधन हुनुपर्ने बताएकी छिन् । मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलानले मानव–मानवबीचको समानतालाई कायम गर्नुपर्ने बताइन् ।
0
Shares