काठमाडौँ, असोज १८ । धितोपत्र बजारमा शेयरको मूल्यमा केही मात्रामा गिरावट आएको छ । आज कारोवार मापक नेप्से परिसूचक ३.२३ बिन्दुले ओरालो लागेर एक हजार २२७.३७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.८२ बिन्दुले ओरालो लागेर २६०.२४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक सँगसँगै कारोवार रकमसमेत घटेको छ ।
कूल १६५ कम्पनीको १५ लाख ८२ हजार ५५८ कित्ता शेयर रु ४२ करोड ८६ लाख ४४ हजार ६०६ मूल्यमा खरीद बिक्री भएको छ ।
कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयरको मूल्य उकालो लागेको छ भने आठ उपसमूहको शेयरको मूल्य भने ओरालो लागेको छ ।
व्यापार १.६९, वित्त १.३६ र जीवन बीमा ०.५५ बिन्दुले बढ्ता बैंकिङ २ं८६, होटल २६.६९, विकास बैंक ४.०८, जलविद्युत् १.०९, निर्जीवन बीमा १४.३, उत्पादन ६.२५, अन्य ०.७८ र माइक्रो फाइनान्स ११ं२ बिन्दुले ओरालो लागेको छ ।
नाडेप लघुवित्त वित्तीय संस्था र प्रोग्रसिभ फाइनान्स लिमिटेड, समता माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज कमाएको स्टकले जनाएको छ ।
मल्टीपर्पोज फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र मेरो माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ताले आज घाटा गुमाएका छन् ।