निर्मला पन्तको लागि न्यायिक आन्दोलनमा नेता लेखकको एक्यवद्धता

निर्मला पन्तको हत्यारा र सो घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै कंचनपुरमा जारी निर्मला पन्तका बुवा यज्ञ राज पन्तसहित अधिकारकर्मीहरुको जारी आन्दोलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रमेश लेखकले ऐक्यबद्धता जनाएका छन् ।

कंचनपुरको महेन्द्रनगरमा हिजो जारी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेता लेखकले सरकारले निर्मला पन्तको घटनामा गम्भीर षड्यन्त्र गरेर अपराधीलाई छुट दिन खोजेको आरोप लगाउँदै आफुले निर्मला पन्तलाई न्याय दिलाउन कुनै कसर बाँकि नछोड्ने वचन पनि दिएका छन् ।