काठमाडौं, असोज २२ । हिजो मात्रै नेपाली कांग्रेस केन्द्रिय समितिले गरेको ३२ बर्षे उमेरहदबन्दी स्वागत योग्य भएको नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य मनिशजङ थापाले बताएका छन् ।
बिद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्ने माग गर्दै आएका थापाले नेबिसंघमा उमेर हदबन्दी लागेसँगै साङ्गठनिक अराजकताको पनि अन्त्य हुने बताए ।
उमेर हदबन्दीले ३२ बर्षे उमेर नाघेका केही नेताहरुले रोइलो गरिरहेकाले सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन उमेर हदबन्दीको विकल्प नभएको उनको भनाइ छ ।
हिजो आफ्नो उमेर हुँदा घण् बर्षे हदबन्दी लगाउनु पर्छ भन्ने केही नेताहरु अहिले आफ्नो उमेर नाघिसकेपछि रोइलो गरिरहेको हुँदा संगठनमा सबैको अस्तित्व स्वीकार्न पनि अनुरोध गरेका छन् ।
0
Shares