हाम्रो कथा

राजेन्द्र प्रसाद पाठक । लेखक आर्यावत (भारतवर्ष ) युवा समाज नेपालका अध्यक्ष हुन् ।

‍‍‍‍‍‍‍‍‍……….कविता……….

गला दबाईयाे न्याय भएन ।
ईल्जाम लगाईयाे थाहै भएन ।
मुटु चिरियाे कारबाही भएन ।
समाज भाँडियाे वास्तै गरिएन ।
संस्कार मेटियाे सभ्यता भेटिएन ।
नैतिकता हरायाे बिकृति डराएन ।
चेली बेचिए चमेली तेल किनियाे ।
युवा बेचिए माेबाईल किनियाे ।
मुलुक बेचियाे मन्त्रालय किनियाे ।
मधेशी बेचिए महल किनियाे ।
महिला मलायामा घरबार बेचियाे ।
माैलिकता बेचियाे मदिरा किनियाे ।
विवेक बेचियाे बुद्धि किनियाे ।
शुद्धि बेचियाे संमृद्धी किनियाे ।
खेत बेचियाे गमला किनियाे ।
अाैषधी किनियाे अमला बेचियाे ।
वातावरण बेचियाे अक्सिजन किनियाे ।
खाेला बेचियाे ढल नाला किनियाे ।
अक्कल बेचियाे नक्कल गरियाे ।
बेच्ने चिज सकियाे किन्ने मात्र रह्यो ।
सारा जीवन जवानी लाहुरमै सिद्धियाे ।