बागलुङ, असोज २५ । ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई गलकोट नगरपालिकाले पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु तीन हजार पर्व भत्ता पाउने छन् ।
लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले जनाए । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता दिने निर्णय नगरसभाबाट गरिएको हो ।
लगत लिने काम अन्तिम चरणमा पुगेको गैरेको भनाइ छ । ज्येष्ठ नागरिकको जीवनयापन सहज गर्न भत्ता दिने निर्णय भएको उनले जनाए । उनले भने– ज्येष्ठ नागरिकको सेवा, सुविधाप्रति हामी संवेदनशील छौं ।
नियमित रुपमा पाउने अन्य सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि सहज बनाइएको छ । नगरपालिकाले प्रसूति सेवाका लागि नगरबाहिर जानुपर्ने अवस्थामा महिलालाई यातायात खर्च दिने भएको छ ।
सदरमुकामसम्म आउन ट्याक्सी भाडाबापत रु तीन हजार उपलब्ध गराइने नगरपालिकाले बताएको छ ।