धितोपत्र बजारमा आज सेयरको मूल्य उकालो

काठमाडौँ, असोज २५ । धितोपत्र बजारमा आज शेयरको मूल्य उकालो लागेको छ । कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले वृद्धि भएर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले वृद्धि भई २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन ।

कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ ।

आज कूल दश उपसमूहको शेयर कारोवार भएकोमा दुई उपसमूहको शेयर कारोवारमा भने घटेको छ । होटल ३५ दशमलब ३८ र उत्पादन समूह १२ दशमलब ४३ बिन्दुले ओरालो लागेको छ ।

यस्तै बैंकिङ १२ दशमलब २७, विकास बैंक ११ दशमलब ८८, जलविद्युत् १ दशमलब ९४, वित्त ५ दशमलब ७२, निर्जीवन बीमा ४९ दशमलब ४३, अन्य ५ दशमलब ३२, माइक्रोफाइनान्स ९ दशमलब ६ र जीवन बीमा ७ दशमलब ७७ बिन्दुले उकालो लागेको छ ।