एनआरएनए क्यानडाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लोकसत्ता सम्वाददाता, क्यानडा ।

हिन्दुहरूको महान चाड बिजया दशमी, दिपावली, छठ लगायत एनआरएन डे को पावन अवसरमा गैरआवासीय नेपाली संघ क्यानडाले पहिलो पटक ब्राम्पटन शहर स्थित एभरेष्ट तेक्वान्दो एकेडेमीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्यो।

कार्यक्रममा नेपाली कन्सुलेट जनरल कुन्जरमणि शर्माले हिन्दुहरूको महान चाड दशै र तिहारको शुभकामना दिदै आफु एनआरएनए संथा स्थापना कालदेखि लाग्दै आएको र अहिले आएर यसले ब्यापकता लिदा आफू सार्है हर्षित भएको बताएका छन् । साथै उनले नेपाली समूदायको हरेक कृयाकलाप र बिकाशमा आफ्नो तर्फ बाट सधै साथ र सहयोग हुने बताएका छन्।

एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले क्यानडामा बस्ने सबै नेपाली समूदायका सदस्यहरूलार्इ शुभकामना दिदै हिन्दुहरूको महान चाडको अबसरमा यस बर्षको शुरूवाती बाट आउदो हरेक बर्षहरूमा यसलार्इ निरन्तरता दिने कुरामा जोड दिएका थिए।

शभकामना आदान प्रदान कार्यक्रममा एनआरएनए नर्थ अमेरिकाका आर्इ.सि.सि सदस्यहरूले गैरआवासीय नेपाली संघ केन्द्रले गरेका केहि प्रगतिका बारेमा प्रकाश पारेका थिए । क्यानडामा रहेका संघ संथा र सदस्यहरूको उल्लेख्य सहभागिता नरहे पनि यो पहिलो पटक र छोटो समयको अन्तरालमा कार्यक्रम गरिएको हिसावमा कार्यक्रम उपलब्धि र सफल भएको एनआरएनए क्यानडाले जनाएको छ।

कार्यक्रममा उपस्थितिको बारेमा केहि सामाजीक संजालहरूमा बिश्वभरि फैलिएर प्रबासि नेपालीहरूको साझा संथाको गरिमा र बिश्वससनियतामा नकारात्मक प्रभाव पर्ने गरि गरिएको सम्प्रेसन र टिका टिप्पणि प्रति एनआरएनए क्यानडाले आपत्ति जनाएको छ। साथै संथाको कुनै पनि कुराहरूमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने गरि सिद्दान्त भन्दा बाहिर रहेर अब उप्रान्त कसैले कुनै पनि माध्यमद्दारा सम्प्रेसन गर्न नगराउन हुन सबैमा अनुरोध समेत गरेको छ ।

नेपालीहरू जहाँ बसे पनि आफ्ना चाडबाड, रितिरिवाज प्रति उत्तिकै महत्वका साथ मनाउने गर्दछन् भन्ने कुरालार्इ यसले पुष्टि गर्दछ।

लोकसत्ता डटकम तथा एबिसि र्इन्टरनेशनल मिडिया सबैमा शुभ विजया दशमी २०७५ सालको पावन अवसरमा

सुख, शान्ति, सुस्वास्थ एवं दिर्घायुको कामना गर्दै सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।