काठमाडौं, कात्तिक १ । नेपालको पश्चिमी भागमा पर्ने भारतसङ्ग सिमा जोडिएको महाकाली नगरपालिका साबिकको दोधराचादनीमा क्रिकेटको आकर्षण बढिरहेको छ।
त्यसो त दोधरा चादनीको लागि क्रिकेट खेल नयाँ होइन बेला बेलामा हुने विभिन्न प्रकारका टुर्नामेन्टहरुले क्रीकेटको बिकाश भैरहेकै थियो तर अहिले पहिलेको तुलनामा क्रीकेटप्रति सबैको आकर्षण धेरै नै बढेको कृकेट खेलाडी तथा खेल ब्यबस्थापक रमेश साउदले बताउनु भयो।
पहिले खेल त भैरहन्थे तर खेलाडीहरु सङठिट हुन सकेका थिएनन् तर साउदकै अथक मेहेनतले उहाँकै सयोजकत्वमा दोधरा चादनी क्रीकेट एकेडिमी(DCCA ) दर्ता भएर नियमित रुप मा 150 भन्दा बढी खेलाडीहरु नियमित प्रशिक्षण गरिरहेका छ्न।
अभिबाकहरुमा बढ्दो चेतना र खेलाडीहरुको तिब्र इच्छाले गर्दा दोधारा चादनीमा क्रीकेट खेल फस्टाउदै गहिरहेको र क्रीकेटको लागि सरकारले उचित सहयोग गर्ने र खेलाडिहरुलाई प्रोत्साहन गर्न सके राष्ट्रिय स्तर कै खेलाडी उत्पादन गर्न सकिने एकेडिमीका अध्यक्ष साउदले बताउनु भयो।