जनसम्पर्क समिति क्यानडाले दशै तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै ।

लोकसत्ता सम्वाददाता, क्यानडा ।

हिन्दुहरूको महान चाड बिजया दशमि तथा दिपावली, २०७५ को पावन अवसरमा नेपाली जनसम्पर्क समितिहरू (एनपिसिसि) र (एनपिआरसी), क्यानडाको संयूक्त आयोजना तथा जनसम्पर्क समिति क्यानडा संयूक्त कार्यदलको संयोजकत्वमा यहि आउदो अगष्ट २८ आर्इतबार बिहान १० बजे एभरेष्ट तेक्वान्दो एकेडेमिमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै छ ।

प्रजातन्त्र प्रति आस्थावान नेपाली कांग्रेस संग आबद्ता भएका ब्यक्तिहरूको संलग्नतामा आयोजना हुने कार्यक्रममा जिटिए भित्र रहेका प्रजातन्त्र प्रेमिहरूको उल्लेख्य सहभागिता हुने आयोजकले जनाएको छ

भने अर्को तर्फ जनसम्पर्क समितिकै आयोजना भनेर अर्कै समूहले अगष्ट २७ शनिवार सत्यस्वरूप गजल नार्इट कार्यक्रमको आयोजना गर्दै छ ।

यसरि हेर्दा प्रजातन्त्र प्रति आस्थावान हुँ भन्ने तर गुट उपगुट बाट आफ्ना गतिबिधिहरू फरक फरक ढंगबाट संचालन गर्नुले अबस्य पनि प्रजातन्त्रको उपहास भएको ठहर्छ ।

एउटै आस्था लिएर हिड्ने तर बिचारमा एकरूपता कायम गर्न नसक्ने प्रजातन्त्रका अनुयायिहरूले कसरि संथा र समूदाय प्रति उत्तरदायि होलान् भन्ने कुराको छिनोफानो नत नेपाली कांग्रेसले गर्न सकेको छ नत यि संथाका बिवादित नेत्रित्व बर्गले महशुस गर्न सकेका छन् । यसरि अब पनि सधै कोहि भन्दा कोहि कम नहुने र संथामा पदिए हैसियत मात्र राख्न खोज्नेको हैसियत के हुने हो त्यो समय र परिस्थितिले बताउने अनुमान गर्न सकिन्छ ।

स्मरणिय के छ भने, नेपाली जसम्पर्क समिति, क्यानडाको नाममा अहिले तिन समूह देखिएका छन् । सुरेन्द्र खड्का बुद्दि वलीको राजीनामा पछि कार्यबाहक सभापतिको रूपममा देखिएका छन् भने बुद्दि वली राजीनामा पस्चात पनि अधिवेशन बाट आफु सभापति भएको जिकिर गरिरहेका छन् । उता अर्को नेपाली जनसम्पर्क समिति, क्यानडाकै नामबाट दर्ता भएको एनपिआरसी पनि तुल्सि पौडेलको नेत्रित्व बाट आफ्ना गतिबिधि गरिरहेको छ ।

के यसरि एउटै उद्देश्य र आस्था लिएर समाज तथा देशको लागि केहि गर्छु भन्ने एउटै छाता मूनीका सदस्यहरूले बित्रिस्ना बाहेक केहि दिन र गर्न सक्लान त ? । यस बारेमा सबैले आफ्ना हठ र घमन्ड छोडेर अगाडि बढे मात्र आम समूदायको साथ र सहयोग पाउन सक्ने र समूदायको बिकाशमा टेवा पुग्ने चर्चा हुन थालेको छ ।