काठमाडौँ, कात्तिक ९ । इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा सहभागी बन्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको नयाँदिल्ली गएका छन् ।
उनले कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य व्यक्त गर्नेछन् । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ ।
फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निभाउँदै आएको छ । गोवामा हुने भनिएको सो सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने तय भएको थियो ।
कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको अध्यक्ष प्रचण्डले जानकारी गराएका छन् । उनी आजै बेलुका स्वदेश फिर्ता हुनेछन् ।
0
Shares