प्रजातान्त्रिक हिन्दु राष्ट्र नेपाल पार्टीको नियमित बैकमा स्वामी विनोदानन्द केसीको अध्यक्षतामा बसेको सभाले केन्द्रदेखि गाउँसम्मका विभिन्न समिति गठन गरेको छ । यस सभामा पोलिटव्यूरो सदस्य, प्रान्तिय संगठन समिति, जिल्ला संगठन, नगर गाउँ समिति गठन गरिएको छ ।
पोलिटव्यूरोमा संयोजक स्वामी विनोदानन्द केसी, सदस्यहरु प्रकाश बैद्य, कमला केसी, शान्ता थपलिया र अजय शाही रहेका छन् भने प्रान्तिय समितिमा संयोजक गुरुमा रुपा केसी, सदस्यहरु धर्मलक्ष्मी बज्राचार्य, कमला मानन्धर, बसुधा मानन्धर, कृष्ण काश्यप र सरिता प्रधान रहेका छन् । जिल्ला संगठनमा संयोजक विशालनरसिंह क्षेत्री र सदस्यहरुमा त्रिजा शाह, खुश्वु राणा, कृष्णप्रसाद पौडेल र रामचन्द्र जोशी गठित भएका छन् । नगर गाउँ समितिको संयोजकमा निर्मलविलास बज्राचार्य र सदस्यहरुमा गम्भीरमान श्रेष्ठ, दुर्गा गुरुङ्ग, संगीता अर्याल ,बलराम कपाली, पार्वती सिलवाल र माधव अधिकारी रहेका छन् ।
उक्त गठित सभाले उत्तर कोरिया र अमेरिका जापानप्रति आपसमा कुराकानी गरी सैनिक अभ्यासको शक्ति प्रदर्शन भइरहेको रोक्नुपर्ने प्रस्ताव पारित गरेको छ । भारतको दार्जिलिङमा भइरहेको दमनप्रति नेपालले पनि बोल्नुपर्ने र भारतिय नेपालीप्रतिको दमन रोक्नुपर्ने प्रस्ताव पास गरिएको छ । यस दलबाट संचालित हिन्दु स्वास्थ्य विज्ञान केन्द्रमा आवश्यक थप स्वास्थ्य औजार राखी निशुल्क स्वास्थ्य सेवा संचालन गर्ने र हाल लाई पूर्वाधार खर्च जुटाउन हिन्दु राष्ट्र शान्ति आगामी श्रावण २१ देखि ३१ गतेसम्म काठमाडौमा शिवमहापुराण संचालन गरिने निर्णय भएको छ ।