भारतमा राष्ट्रपतिको निर्वाचन सुरु, कोविन्द विजयी हुने निश्चितजस्तै

नयाँ दिल्ली, २ साउन । भारतीय राष्ट्रपतिको निर्वाचन भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सुरु भएको छ । सोमबार बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन् । यस निर्वाचनमा काँग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार छन ।

भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्दलाइ उम्मेदवारको रुपमा अघिसारेको छ । त्यस्तै भारतीय विपक्षी दल भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको छ ।

संसदमा अहिले पनि मतदान जारी रहेको बताइन्छ । सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए । यससँगै सबै सांसद मतदान प्रक्रियामा सहभागी भएकास्रोतले जनाइएको छ ।

एपीएफ