क्यानडामा सत्य स्वरूप सांगेतिक कार्यक्रम सम्पन्न ।

राजु थापा – क्यानडा ।

३० अक्टोबर, २०१८

क्यानडाको जिटिएमा बस्ने नेपाली समूदाय सदस्यहरूले नेपालका ख्यातिप्राप्त गायक तथा कलाकारहरु सत्यराज आचार्य र स्वरूपराज आचार्यको सुमधुर सांगेतिक कार्यक्रमबाट पहिलाे पटक मनोरन्जन लिन पाएका छन् ।

भजन सिरोमणि भनेर चिनिने ख्यातिप्राप्त गायक तथा म्युजिक कम्पोजर भक्तराज आचार्यका सुपुत्रहरू सत्य र स्वरुप आचार्यको क्यानडामा यो पहिलो प्रस्तुति हो ।

आफ्ना बुबाको ख्याति र उहांले नेपाली गायन र सांगेतिक क्षेत्रमा पुर्याएको योगदानलार्इ उनिहरूले निरन्तरता दिएका छन् । साथै उनीहरूले आफ्ना पिताको नाममा “भक्तराज आचार्य संगित प्रतिष्ठान” स्थापना गरि बिभिन्न कार्यक्रमहरू गर्ने योजनामा लागि परेका छन् ।

यस प्रतिष्ठान मार्फत कला संगितकाे क्षेत्रमा देखिएका कमिकमजाेरिहरूलार्इ संरक्षण र सहयाेग गर्न लागि परेकाे सत्य स्वरूप अाचार्यले बताएका छन् । साथै प्रतिष्ठानले प्रत्यक बर्ष १ लाख धनरासीकाे संगित पुरस्कार बाट अग्रज स्रष्टाहरूकाे सम्मान लगायतका कार्यहरू गर्दै अार्इरहेकाे छ । आफ्ना सांगेतिक कार्यक्रमहरूमा आफ्ना पिताको बहुचर्चित गितहरू जस्तै, मुटु जलिरहेछ, जति चोट दिन्छौ देउ मायालु, हजार सपना हेर्ने, एक दिन मैले प्रभु संग सोधें लगायतका थुप्रै गितहरू प्रस्तुत गर्ने गरेका छन् जसले गर्दा उनीहरूको ख्यातिमा झन सफलता प्राप्त भैरहेको छ ।

अक्टोवर २७ तारिख सांझ जर्मन क्यानेडियन क्लव मिसिसागामा आयोजना गरिएको सांगेतिक कार्यक्रममा नेपालीहरूको उल्लेख्य सहभागिता भएको थियो । उक्त कार्यक्रममा “भक्तराज आचार्य संगित प्रतिष्ठान” को सहयोगका लागि बिभिन्न ब्यक्तिहरूले सहयोग समेत गरेका छन् । लालिगुँरास स्पोर्टस एण्ड कल्चरल क्लब क्यानडाका उपाध्यक्ष कुन्दन घिमिरेले उक्त फाउण्डेसनलार्इ हरेक बर्ष एकलाख नेपाली रूपैया सहयोग गर्ने घोषणा गरेका छन् भने बसन्त कार्कीले ५० हजार, भिन्डालु रेष्टुरेन्टका संचालक राजन खत्रीले ५० हजार, रश्मि थापाले २० हजार, रिता बुर्लाकोटीले २० हजार र हेम राज पाण्डेले १० हजार गरि जम्मा २ लाख ५० हजार रुपैयां सहयोग घोषणा गरेका छन् ।

सत्य स्वरूपले क्यानडाको अन्य शहरहरूमा पनि आफ्ना प्रस्तुति गर्ने कार्यक्रम रहेको छ त्यसका लागि नोभेम्वर १६ तारिख टोरोण्टो बाट क्याल्गरी जादै छन् ।